७७ वटा परियोजनामध्ये आकर्षक मानिएका यी योजनामा मात्र विदेशीको किन चासो बढ्यो ?


आर्थिकन्यूज

काठमाडौं, चैत २८ । सरकारले यही चैत १५ र १६ गते गरेको लगानी सम्मेलन २०१९ को आकर्षक आयोजनामा काठमाडौं उपत्यका बाहिरी चक्रपथ, काठमाडौ बस र्यापिड ट्रान्जिट र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परेको छ ।

सरकारले विदेशी लगानी भित्र्याउन सम्मेनलमा सोकेसमा राखेका विभिन्न ७७ वटा परियोजनामध्ये सबैभन्दा बढी आकर्षक आयोजनामा रूपमा यही तीनवटा परेको छन् । यी तीनवटै आयोजनामा चारचार वटा विदेशी संस्थाले लगानी गर्ने आशयसहितको आवेदन दिएका छन् ।

सरकारले विदेशी लगानीकर्ताका लागि अप्रिल २० अर्थात आगामी बैशाख ७ गतेसम्म आवेदन दिन पाउने समय तोकेको छ । यो समयसम्ममा थप आवेदन पर्न सक्ने पनि लगानी बोर्डले जानकारी दिएको छ । आवेदन दिने समयसम्म पर्खने र त्यसपछि यसमा कुन विदेशीले कति लगानी गर्न चाहेको र कुन कम्पनीले बनाउने भनेर तय हुने जानकारी पनि लगानी बोर्डले दिएको छ ।

सम्मेलनमा राखिएका आयोजनमा तत्काल लाभ दिनसक्ने, आकर्षक आयोजना र निर्माण सम्पन्नपछि देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकोले यी आयाजनामा विदेशी आकर्षति भएको हुनसक्ने लगानी बोर्डको भनाइ छ ।

बोर्डले सोकेसमा राखेका यस्ता आयोजनामा निजगढमा बन्ने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको लागि ३ खर्ब रुपैयाँ लाग्ने अनुमान छ । बाहिरी चक्रपथमा २ खर्ब र काठमाडौं उपत्यकको सहरी यातायातको निम्ति १६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेर सम्लनमा यी आयोजनामा लगानी आव्हान गरिएको थियो ।

यी आयोजनमा तत्काल अगाडि बढाउन सकिने आयाजना र दीर्घकालिन समयको लाभका दृष्टिले निजगढ विमानस्थल, बाहिरी चक्रपथ र सहरी यातायतामध्ये पनि सबैभन्दा चर्चामा निजगढ रहेको छ । त्यसपछि काठमाडौं उपत्यकाको ड्रिम प्रोजेक्टको रूपमा हेरिएको बाहिरी चक्रपथ पनि पर्छ ।

बाहिरी चक्रपम निर्माणको प्रारम्भिक प्रक्रियाको पटक पटक सरकारी निकायबाटै अगाडि बढाउँदै पछि हट्दै गएको छ । यस अघि सरकारले जग्गा विकासको माध्यमबाट अगाडि बढाउन अन्तिम गृहकार्य गरेर जग्गा रोक्का गर्ने सूचना प्रकाशनको तयारीसमेत गरिसकेको थियो ।

लगानी सम्मेलनपछि काठमाडौं उपत्यका विकासको महत्वपूर्ण आयोजना मध्येको यो परियोजनामा दातृ निकायले रुची देखाएर आवेदन हाल्न थालेको छ । लगानी सम्मेलनको क्रममा यो आयोजनमा सबैभन्दा बढी अर्थात दुई वटा आवेदन परेको थियो । यो आयोजना बनाउन एक अर्ब १ अर्ब ८७ करोड १० लाख अमेरिकी डलर (करिब २ खर्ब ५ अर्ब ८१ करोड) रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

यो आयोजना बनाउन लगानी सम्मेलनमार्फ २ वटा दातृ निकायले आवदेन हालेको भएपनि औपचारिक रुपमा टुङ्गो भने लागेको छैन् । सरकारले सबै दातृ निकायलाई बैशाख ७ गतेसम्म आवेदन दिने समय दिएकोले अझै बढ्ने अनुमान गरिएको छ । यो समयभित्र थप क्षेत्र र कम्पनीको लगानी प्रतिवद्धता आउने लगानी बोर्डको भनाइ छ ।

त्यसपछि कुन परियोजनामा कति लगानी गर्ने र क–कसले गर्ने भन्ने टुङ्गो लाग्ने उल्लेख छ । काठमाडौं उपत्यकाको जनघनत्व बढेको र बाहिरी चक्रपथको आवश्यकता देखिएकोले पनि यो परियोना अन्य भन्दा छिटो टुङ्गो लाग्ने उल्लेख छ । ७२ किलो मिटरको यो सडक विभिन्न १० वटा खण्डमा निर्माण गर्ने र पहिलो खण्डको रुपमा ६ किलोमिटरको चोभार सतुङ्गल खण्ड सुरु गर्ने तयारीमा सरकार आफैं जुटेको थियो ।

तोकिएको सर्त पालना गर्दै निश्चित समयपछि आयोजना सरकारलाई हस्तान्तरण गर्नेसम्मको सर्त राखिएको छ । यो आयोजना बनाउन जग्गा अधिग्रहणमा एक अर्ब ५४ करोड ४० लाख डलर (१ खर्ब ६९ अर्ब ८४ करोड रुपैयाँ) लाग्ने छ । यसको सडक निर्माणमा भने ३२ करोड ७० लाख डलर (३५ अर्ब ९७ करोड रुपैयाँ) लागत अनुमान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया