‘सामाजिक सञ्जाललाई करको दायरामा ल्याऊ’, टेलिकमहरुको नाफा बढी भयो


आर्थिकन्यूज

काठमाडौं, चैत २९ । सामाजिक सञ्जाललाई करको दायरामा ल्याउन महालेखापरिक्षका कार्यालयले सुझाव दिएको छ । शुक्रबार महालेखा परीक्षकको कार्यालयमा
५६ औं प्रतिवेदन सार्वजनिक गर्दै फेसबुक, भाइबल लगायतका सामाजिक सञ्जालसँग पनि राजश्व असुल गर्न सरकारले सुझाव दिएको हो ।

त्यस्तै ५६ औं प्रतिवेदनले ‘ओभर द टप’ अर्थात् इन्टरनेट सेवामार्फत इन्टरनेट टेलिफोन सेवा प्रदान गर्ने एप्लिकेसनसँग पनि राजश्व असुल्ने व्यवस्था गर्न सुझाव दिइएको छ ।

भाइबर, फेसबूक मेसेन्जर, स्काइप, ह्वाटस् एप, वीच्याट, इमो जस्ता एप्लिकेसन आयकर ऐन अनुसार करको क्षेत्रभित्र पर्ने महालेखाको दाबी छ ।

त्यस्तैगरि, नेपालमा सञ्चालनमा रहेको दूरसञ्चार प्रदायक कम्पनीले अन्य देशको तुलनामा नाफा बढी कमाइरहेको प्रतिवेदनमा उल्लेख गरेको छ । महालेखापरिक्षकको कार्यालयले अन्य विभिन्न मुलुकको अध्ययन गर्दा सञ्चालन नाफा २४ देखि ३८.८ प्रतिशत हुने गरेको र नेपालमा भने ५८ देखि ६२ प्रतिशतसम्म हुने गरेको प्रतिवेदनमा देखाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया