अनिल अबानीले राफेल डिलबाट १६२.६ मिलियन डलर कर माफ पाए


आर्थिकन्यूज

एजेन्सी, चैत ३० । अनिल अबानीले राफेल डिल गरे बापत ठूलो रकम कर मिनाहा पाएका थिए । फ्रान्सका स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार १६२।६ मिलियन डलरको कर अम्बानीले फ्रान्स सरकारलाई तिर्न बाँकी रहेको थियो ।

रिलायन्स अटलांटिक फ्लैग फ्रान्सलाई भारतका प्रधानमंत्री मोदी बेलामा उक्त छुट दिइएको स्थानीय सञ्चार माध्यमले समाचार लेखेका छन् । अम्बानीको कट मिनाहाको घोषणा गरिएको बेलामा मोदीले राफेलको डिल फाइनाल भएको थियो ।
राफेल डिलका कारण भारतमा नरेन्द्र मोदी विवादमा परेका थिए । भारतमा विपक्षी नेता राहुल गान्धीले राफल डिललाई सार्वजनिक गर्न बारम्बार माग समेत गर्दै आइरहेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया