अपडेट : लुक्ला विमानस्थल दुर्घटनामा को–पाइलट र सुरक्षाकर्मीको मृत्यु


आर्थिकन्यूज

काठमाडौं । लुक्ला विमानस्थलबाट आज बिहान रामेछाप उडान गर्ने क्रममा समिट एयरको जहाज दुर्घटना भएको छ । उडान गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर पार्किङमा राखिराखेको मनाङ एयरको र श्री एयरलाइन्सको हेलिकोप्टरमा ठोक्कएको छ ।

जहाज हेलिकोप्टरमा ठोक्किदा समिट एयरको को-पाइल एस ढुङ्गाना र सुरक्षाकर्मी रामबहादुर खड्काको निधन भएको छ । जहाज रोकिराखेको हेलिकोप्टरमा ठोक्किएको हो ।

तस्विरः विशाल खड्का

समिटको ९एन एएमएच कलसाईको उक्त जहाज दुर्घटना भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ । दुर्घटनामा मनाङ एयरका क्याप्टेन टीबी गुरुङ घाइते भएका छन् । घाइतेकोसहतिको थप विवरण आउँदा बाँकी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया