नयाँ वर्षमा नेप्सेको सकारात्मक सन्देश


आर्थिकन्यूज

काठमाडौं, बैशाख २ । नयाँ वर्ष २०७५ सालको बैशाख २ गते सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४ दशमलव ७० अंकले बढेर १ हजार १ सय ८८ दशमलव ७१ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने १ दशमलव १३ अंकले बढेर २ सय ५४ दशलमव ७७ को बिन्दुमा पुगेर बन्द भएको छ ।

कारोबारमा सबैभन्दा बढी नेको इन्स्योरेन्सको भएको छ । जसको कारोबारमा आज २ करोड ७५ लाख ५० हजार बराबरको भएको छ । जसको बजार मूल्य ५२२ रुपैयाँ रहेको छ ।

यसदिन १ सय ६५ कम्पनीको ९ लाख ६४ हजार ५९८ कित्ता शेयर खरिदबिक्री भई ३० करोड ४५ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै यस दिन सर्वा्िधक कमाउनेमा एभरेष्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मुल्यमा ७ दशमलव ५६ प्रतिशतले वृद्धि गरेको छ ।

साथै सर्वा्िधक गुमाउनेमा नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्य आज ६ दशमलव ८९ प्रतिशतले घटेको छ ।

यस दिन १० वटा उपपरिसुचकहरुमा ६ वटा समूहहरु बढेका छन् भने ४ वटा समूहरु घटेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया