एनआईबिएल एस क्यापिटलको “एक नेपाली, एक डिम्याट खाता”


आर्थिकन्यूज

काठमाडौं, बैशाख २ । एनआईबिएल एस क्यापिटल लिमिटेडले नेपाल सरकारको “एक नेपाली, एक डिम्याट खाता” अभियानलाई सञ्चालनमा ल्याएको छ । २०७६ बैशाश १ गते देखि सिमित अवधिका लागि सम्पूर्ण महानुभावहरुमा निःशुल्क डिम्याट खाता खोल्ने सुविधा प्रदान गर्ने जानकारी गराएको छ ।

यस अभियानबाट बिशेषतः पूँजी बजार भन्दा बाहिर रहेका गृहणी महिला, विद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई फाईदा पुग्ने र सर्वसाधारणहरुमा डिम्याट खाताको पहुंच वृद्धि हुने विश्वास समेत कम्पनीको रहेको छ ।

यो सुबिधा एनआईविएल एस क्यापिटल लिमिटेडको मुख्य कार्यालय लाजिम्पाट लगायत कम्पनीको लालदरवार, ललितपुर, पोखरा, वीरगञ्ज, विराटनगर र वुटवल स्थित शाखा कार्यालयहरु तथा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट पनि प्राप्त गर्न सकिनेछ ।

यस कम्पनीले निक्षेप सदस्य लगायत निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्रको प्रत्याभुति, लगानी ब्यबस्था सम्बन्धी कार्यहरु लगायत विभिन्न बैंक/वित्तीय संस्था, होटल, जलविद्युत, लघुवित्त संस्था, जीवन तथा निर्जिवन बीमा कम्पनीहरु गरी जम्मा ४० कम्पनीका करिब १४ लाख शेयरधनीहरुलाई शेयर रजिस्ट्रार सम्बन्धी सेवा पुर्याउदै आइरहेको छ ।

यसका साथै एनआईविएल एस क्यापिटलले सामुहिक लगानी कोष अन्तर्गत एनआईबिएल समृद्धि फण्ड—१ र एनआईबिएल प्रगति फण्डको कोष ब्यबस्थापकको कार्य समेत गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया