चलचित्र क्षेत्रका लागि २०७५ कालो वर्ष


आर्थिकन्यूज

काठमाडौं । वर्षभरि ९७ वटा चलचित्रहरु रिलिज भएकोमा ८० चलचित्र बक्स अफिस फल्प भएका छन् । बक्स अफिस पूर्ण कार्यन्वयन नहुनु, निर्माणमा देखिएका समस्या, वितरकहरुले एकै दिन दुईभन्दा बढि चलचित्र जुधाउने, प्रमोशन र वितरण, विदेशी फिल्मले घेर्ने तथा चलचित्र इन्कोडदेखि हलमा हुने प्रमोशनमा र केडिएम चार्जमा समेत रहेको समस्याका बारणले नेपाली चलचित्र फ्ल्प हुने गरेको निकर्ष चलचित्र क्षेत्रको व्यक्तिहले निकालेका छन् ।

चलचित्र पत्रकार संघ नेपालले नेपाल चलचित्र निर्माता संघ राखेको चियापान कार्यक्रममा बोल्दै निर्देशकहरु प्रदिप भट्टराई, दिवाकर भट्टराई, दिपेन्द्र के खनाल, दिनेश श्रेष्ठ, निर्माताहरु उदय सुब्बा, माधव वाग्ले, रोज राणा, अर्जुन कुमार, कलाकार निर्मल शर्मा, चलचित्र पत्रकार संघका पदाधिकारीहरुले यस्तो धारणा राखेका हुन ।

बोर्डका अध्यक्ष केशव भट्टराईले चलचित्र क्षेत्रमा समस्या नै समस्या रहेको बताए । चलचित्र निर्माण, वितरण र प्रदर्शन मा धेरै समस्या भएको उनले स्विकारे । त्यसको समाधानको लागि पहल गर्दा पनि अहिले नीति अभावका कारण संभव नरहेको उनको तर्क छ । उनले आफ्नो पहिलो काम चलचित्र नीति लाई सरकारबाट पारित गराउने रहेको बताए । जब चलचित्र नीति बन्छ, त्यसपछि चलचित्र क्षेत्रमा देखिएका बेथितीहरुको वारेमा समाधान खोज्न सजिलो हुन्छ । हामी सबै मिलेर प्रक्रियागत रुपमा समाधान खोज्न सक्छौं अध्यक्ष भट्टराईले भने ।

यस्तै निर्माता संघका अध्यक्ष आकाश अधिकारीले समस्याको समाधान तिर सम्बन्धित संस्थाले पहल नखोजेको र त्यसको मारमा निर्मातालाई मात्रै पारेको बताएका छन् । उनले निर्माताको धेरै समस्याहरुको वारेमा चलचित्र संघसँग सम्झौता भएपनि त्यो कार्यान्वयन नभएको बताएका हुन् ।

उनले कलाकारले आफ्नो आचरण परिवर्तन गर्नुपर्ने पनि बताएका छन् । कलाकारले आफुलाई रिजर्भ गर्न नसक्नु, आफ्नो दिनचार्यदेखि सबै कुरा सामाजिक सञ्जालमा पोख्नु, अनावश्यक पारश्रमिकको माग गर्नु जस्ता समस्याहरु कलाकारमा रहेको उनले बताएका हुन् ।

यता चलचित्र संघका अध्यक्ष प्रदिप कुमार उदयले चलचित्र क्षेत्रमा कोही पनि ईमान्दार नभएको आरोप लगाए । उनले चलचित्रकर्मीमा सम्मान र सद्भाव नै नरहेको दावी गरे । आफ्नो चलचित्र आउँदा सबै जायज र अरुको चलचित्र आउँदा सबै कमजोरी देख्ने समस्या रहेको बताए । यस्तै प्रदर्शन र वितरणमा देखिएको समस्यामा बोल्दै उदयले गलत समाचार दिने निर्माताहरु जिम्मेवार रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया