सर्वोच्चको आदेशपछि सुधिर बस्नेत रिहा


आर्थिकन्यूज

काठमाडौं, बैशाख ३ । व्यवसायी अध्यक्ष सुधीर बस्नेत रिहा भएका छन् । सर्वोच्च अदालतको आदेशपछि बस्नेत रिहा भएका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका बस्नेतलाई रिहा गर्न अदालतले सोमबार साँझ आदेश दिएको हो ।

बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई गर्दै प्रधान्नयायधीश चोलेन्द्र शमशेर जबरा र न्यायधीश डम्बर बहादुर शाहीको संयुक्त इजलासले बस्नेत रिहा भएका सवोच्चले जानकारी दिएको छ ।

बस्नेत गत चैत २० गते काठमाडौंको भीमसेन गोलाबाट पक्राउ परेका थिए । बस्नेत ओरेन्टल सहकारी, अग्नि एयर र विभिन्न हाउजिङसँग सम्बन्धीत व्यवसायमा संलग्न रहेका छन् ।

सुधीर बस्नेतको नाममा केहि नै छैन ! ओरियण्टल पीडितले कसरी न्याय पाउलान ?

सिम्रिक एयर र तीन बैंकको चक्रब्यहुँमा अग्नी एयर

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया