पेरिसस्थित ८५० वर्ष पुरानो ऐतिहासिक चर्चमा भिषण आगलागी


आर्थिकन्यूज
(Photo by Fabien Barrau / AFP)

पेरिस, बैशाख ३ । फ्रान्सको पेरिसस्थित ८५० वर्ष पुरानो ऐतिहासिक नोट्र डाम क्याथेड्रल चर्चमा  सोमबार  आगलागी भीषण आगलागी भएको छ ।

आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगोले चर्चको माथिल्लो भाग खरानी बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सिएनएनका अनुसार चर्चमा थप क्षति हुन नदिन अग्निनियन्त्रकहरु खटिइरहेका छन् । यद्यपि, नियन्त्रणको प्रयास सफल भएको छैन ।

फ्रान्सको इतिहास र सभ्यता बोकेको चर्चमा कसरी आगो फैलियो भन्ने खुलेको छैन । यद्यपि, जीर्णोदारको काम भइरहेकाले यसको सम्बन्ध हुनसक्ने अनुमान गरिएका छन् । पेरिसको अभियोजनकर्ताको कार्यालयले घटनाबारे अनुसन्धान थालेको बताएको छ ।

आगलागीलगत्तै चर्च पुगेका फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले इतिहासमा क्षति पुगेको भन्दै आगलागीप्रति दुःख व्यक्त गरेका छन् । उनले फ्रान्सेलीहरुले हातेमालो गरेर चर्चलाई पुरानै अवस्थामा फर्काउने प्रतिबद्धता जनाएका छन् ।

‘यो चर्च हाम्रो इतिहास हो । यसलाई हामी सबै फ्रान्सेली मिलेर पुरानै अवस्थामा पुर्याउने छौं’, राष्ट्रपति म्याक्रोनले चर्चमा भएको क्षतिबाट स्तब्धहरुलाई शान्त्वना दिँदै भनेका छन् ।

ऐतिहासिक यो चर्च निकै जीर्ण अवस्थमा पुगेको थियो । अघिल्लो वर्ष मात्रै यसको जीर्णोदारका लागि आर्थिक सहयोग जुटाइएको थियो र धमाधम काम भइरहेको थियो ।

स्थानीय समयानुसार सोमवार साँझ साढे ६ बजे सुरु भएको आगलागी छिट्टै कथिड्रलको छानासम्म फैलियो। कथिड्रलको शिखरलाई खसाल्नुअघि आगोले रङ्गीन सिसाका झ्यालहरू र काठका सजावटलाई ध्वस्त बनायो।

एउटा बेल टावरलाई जोगाउने प्रयासमा झन्डै पाँच सयजना अग्निनियन्त्रक जुटेका थिए। त्यसको चार घण्टाभन्दा बढी समयपछि प्रमुख अग्निनियन्त्रक जाँ क्लोड गालेले प्रमुख संरचनालाई पूर्णरूपमा क्षतिग्रस्त हुनबाट जोगाउन र संरक्षण गर्नू सफल भएको बताए।

प्यारिसका उपमेयरले भवनमा ूव्यापक क्षतिू भएको बताउँदै बाँकी कलाकृतिहरू जोगाउन टोलीहरू प्रयासरत रहेको बताए। फ्रान्सको बीएफएमटीभीसँग कुरा गर्दै इतिहासविद्‌ कामी पास्कलले आगलागीले अमूल्य सम्पदा नष्ट गरेको बताए।

आठ सय वर्षदेखि प्यारिसमा नोट्रु(डाम कथिड्रल हेरिँदै आएको छ। शताब्दिऔँदेखि सुख र दुःख सबै घटनामा नोट्रु(डामको घण्ट बज्दै आएको थियो। उनले थपे, हामी आजको दृश्य स्तब्ध मात्र हुन सक्छौँ।

फेसबुकबाट तपाईको प्रतिक्रिया