हाइड्रोईक्ट्रीसिटी इन्भेष्टमेण्टको बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा


आर्थिकन्यूज

काठमाडौं, बैशाख ३ । हाइड्रोईक्ट्री सिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्टले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत १० प्रतिशत बोनस शेयर पुस १६ गते सम्म आभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा जम्मा भएको हो ।

साथै पुस १६ गते पछि शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा भौतिक शेयर आभौतिकीकरण गराएपश्चात मात्र उक्त बोनस शेयर हितग्राहीको खातामा जम्मा गर्ने ब्यवस्था भएको हुँदा यथाशिघ्र भौतिक शेयरलाई आभौतिकीकरण गर्न अनुरोध गरेको छ ।

कम्पनीले हाल सम्म पनि नगद लाभांश प्राप्त नभएका शेयरधनीले आफ्नो हितग्राही खतामा बैंक खाता अद्यावधिक गराई नगद लाभांश समेत लिन अनुरोध गरेको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया