नेप्सेमा छायो हरियाली, १६ अंकको वृद्धि (अपडेट)


आर्थिकन्यूज

काठमाडौं, बैशाख ३ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १६ दशमलव ४६ अंकले बढेर १ हजार २ सय ५ दशमलव १७ को बिन्दुमा पुगेर कारोबार भइरहेको छ ।

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक ४ दशमलव ०२ अंकले बढेर २ सय ५८ दशलमव ७९ को बिन्दुमा पुगेर कारोबार भईरहेको छ ।

१० लाख ४८ हजार २८९ कित्ता शेयर खरिदविक्री गरि ३१ करोड १३ लाख ३६ हजार बराबरको कारोबार भईरहेको छ ।
सबै उपरिसूचकहरुमा हरियाली छाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया