दुई वर्षको लाभांश दिन सिभिल बैंकले साधारणसभा बोलायो


आर्थिकन्यूज

काठमाडौं, वैशाख ३ । सिभिल बैंकले वैशाख २७ गते सातौं र आठौं वार्षिक साधारणसभा गर्ने भएको छ । बैंकले शेयरधनीलाई अमृतभोग, कालिकास्थान डिल्लीबजारमा बोलाएको छ ।

बैंकले आव २०७३/७४ को मुनाफाबाट १० दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५४ प्रतिशत नगद लाभंश प्रस्ताव गरेको छ ।

त्यस्तै बैंकले आव २०७४/७५ को मुनाफाबाट भने ४ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । साधारणसभामा वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्ने, सर्वसाधाण र संस्थापकतर्फ तीन–तीन जना गरी ६ जना सञ्चालक निर्वाचन गर्ने विषय रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया