पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीले ठक्कर दिएको अर्का युवाको पनि ज्यान गयो


आर्थिकन्यूज

काठमाडौं, वैशाख ३ । पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीले ठक्कर दिएका अर्का युवकको पनि मृत्यु भएको छ । गत बुधबार पूर्वराजा शाहलाई झापाको दमकबाट विराटनगर विमानस्थल पुर्याएर फर्किदै गरेको बा ३ च ७९६२ नम्बरको गाडीले को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका इटहरी– ९ का प्रकाश चौधरीको उपचारका क्रममा मंगलबारमृत्यु भएको हो । यसअघि सोहीस्थानका हेम चौधरीको घटना भएकै दिन मृत्यु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया