यूनाइटेड सिमेन्ट्सलाई आईएसओ प्रमाणपत्र


आर्थिकन्यूज

काठमाडौं, वैशाख ३ । केएल दुगड ग्रुपअन्तर्गतको संस्था यूनाइटेड सिमेन्ट्स प्रालि International Certification Services Pvt. Ltd. (ICS) बाटISO 9001:2015 (Quality Management System) तथा ISO 14001:2015 (Environmental Management System) को प्रमाणपत्र पाएको छ ।

अन्तराष्ट्रिय मापदण्ड अनुसार गुणस्तरीय क्लिङ्कर तथा सिमेन्ट उत्पादन गर्ने प्रक्रिया पूर्ण रुपले उत्कृष्ट भएको र सो उत्पादन प्रक्रिया वातावरणमैत्री भएको र वातावरणको व्यवस्थापन प्रक्रिया उत्तम रहेको अर्थमा सो प्रमाणपत्रहरु उद्योग लाई प्रदान गरिएको छ । युनाइटेड सिमेन्ट्सको आफ्नै चुनढुंगा खानी ललितपुरको लेलेमा छ भने फ्याक्ट्री नौबिसेमा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया