अजोड इन्स्योरेन्स लाहान नयाँ शाखा सञ्चालन


आर्थिकन्यूज

काठमाडौं, बैशाख ३ । अजोड इन्स्योरेन्सले लाहान शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीको उपस्थितमा उद्योग वाणिज्य संघ सिराहाका अध्यक्ष अशोक लाल अमात्यले उद्घान गरेका थिए ।

उक्त अवसरमा शेख मिडिया हाउस प्रा.लि.का अध्यक्ष फिरोज शेख तथा रेडियो समग्र लाहानका अध्यक्ष भैरब गेलालले बीमा कम्पनीको शाखा खोलेको धन्यवाद दिए ।

कार्यक्रमलाई समापन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृतर खत्रीले संस्थाको प्रधान कार्यालय सहित ३० वटा शाखा संचालनमा रहेको र संस्थाले निर्जिवन बीमाका सम्पूर्ण सेवा सुबिधाहरु तथा दावी भुत्तानी छिटो र छरितो तरिकाले उपलब्ध गराउन यस शाखाको स्थापना गरिएको जानकारी गराए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया