एकै मन्त्रालयमा एक वर्षमा ६ जना सचिव फेरिए


आर्थिकन्यूज

काठमाडौं, बैशाख ४ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वर्ष दिनमा ६ सचिव परिवर्तन भए । मन्त्रालयको २३ करोड ५९ लाख ५८ हजार बेरुजु छ । यामकुमारी खतिवडाले डेढ महिना पनि सचिवको जिम्मेवारी निर्वाह गर्न पाइनन् । मन्त्रालयमा शंकरप्रसाद कोइराला, प्रेमकुमार राई, कृष्णप्रसाद देवकोटा, अनिलकुमार ठाकुर, चन्द्रकुमार घिमिरे सचिव जिम्मेवारीमा रहे ।

खानेपानी मन्त्रालयमा एक वर्षमा ५ सचिव आए । सचिव फेरिँदा बेरुजुको मात्रा बढिरह्यो । मन्त्रालयको बेरुजु ६ अर्ब ४ करोड ४० लाख छ । भीमप्रसाद उपाध्याय, कृष्णराज बीसी(दुई पटक) तथा गजेन्द्रकुमार ठाकुर दोहोरिएर मन्त्रालयको सचिव भए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वर्ष दिनमा ५ सचिव फेरिए । कृषि तथा पशुपन्छी मन्त्रालयमा पनि पाँच जना सचिव परिवर्तन भए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रलयको पनि बेरुजु अत्यधिक छ । रक्षा मन्त्रालयले पनि वर्ष दिनमा तीन जना सचिव फेर्यो । कान्तिपुर दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया