लक्ष्मी लघुवित्तको नाफा १८ प्रतिशतले वृद्धि


आर्थिकन्यूज
लक्ष्मी लघुवित्त

काठमाडौं, बैशाख ४ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड (Laxmi Laghubitta Bittiya Sanstha Ltd.) ले आव २०७५/७६ को तेस्रो त्रैमासमा खुद मुनाफा ७ करोड ९१ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १८ दशमलव ८५ प्रतिशतले वृद्धि गरेको छ ।
अघिल्लो वर्षको सोहिअवधिको तुलनामा नाफा ६ करोड ६६ लाख रुपैयाँ कमाएको थियो ।

यस लघुवित्तको चुक्ता पुँजी २४ करोड २० लाख रुपैयाँ रहेको छ । जगेडाकोषमा २१ करोड ३७ लाख रुपैयाँ छुटाएको छ ।
लघुवित्तले निक्षेपमा १ अर्ब १८ करोड ३९ लाख रुपैयाँ संचकलन गरेको छ । कर्जामा ३० दशमलव ११ प्रतिशतले वृद्धि गरी ३ अर्ब ३७ करोड २ लाख रुपैयाँ लगानी गरेको छ ।

लघुवित्तले खुद व्याज आम्दानीमा २१ द्यशमलव ५९ प्रतिशतले वृद्धि गरी २१ करोड ४२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १९ दशमलव ६० प्रतिशतले वृद्धि गरी १२ करोड २५ लाख रुपैयाँ पुगेको छ ।

लघुवित्तको जोखिम युक्त सम्पत्ति १३ दशमलव २० प्रतिशत रहेको छ भने निष्कृय कर्जा १ दशमलव २३ प्रतिशत रहेको छ ।
जसको प्रति शेयर आम्दानी वार्षिक ४३ दशमलव ६१ रुपैयाँ, मूल्य आम्दानीको अनुपात १७ दशमलव ६६ गुणा, प्रतिशेयर नेटवर्थ १८८ दशमलव ३१ रुपैयाँ र तरलता अनुपात ४ दशमलव ७७ प्रतिशत रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया