चौतारी लघुवित्तको नाफामा १८४ प्रतिशतले वृद्धि


आर्थिकन्यूज
chautari labhubitta

काठमाडौं, बैशाख ४ । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड (chautari Laghubitta Bittiya Sanstha Ltd.) ले आव २०७५/७६ को तेस्रो त्रैमासमा खुद मुनाफा १ करोड ८५ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १८४ दशमलव १३ प्रतिशतले वृद्धि गरेको छ ।
अघिल्लो वर्षको सोहिअवधिको तुलनामा नाफा ६५ लाख रुपैयाँ कमाएको थियो ।

यस लघुवित्तको चुक्ता पुँजी ८ दशमलव ८५ गुणाले वृद्धि गरी १८ करोड ६० लाख रुपैयाँ पुयाएको छ । जगेडाकोषमा ३ करोड ३५ लाख रुपैयाँ छुटाएको छ ।

लघुवित्तले निक्षेपमा ३९ करोड ७५ लाख रुपैयाँ संकलन गरेको छ । कर्जामा ११६ दशमलव ९१ प्रतिशतले वृद्धि गरी १ अर्ब ३३ करोड ४५ लाख रुपैयाँ लगानी गरेको छ ।

लघुवित्तको खुद व्याज आम्दानीमा ८५ दशमलव २९ प्रतिशतले वृद्धि गरी ६ करोड ३९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ५० प्रतिशतले वृद्धि गरी १ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।

लघुवित्तको जोखिम युक्त सम्पत्ति २० दशमलव ३८ प्रतिशत रहेको छ भने निष्कृय कर्जा शुन्य दशमलव ७२ प्रतिशत रहेको छ ।

जसको प्रति शेयर आम्दानी वार्षिक १३ दशमलव ३३ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ४५ दशमलव ७६ गुणा, प्रतिशेयर नेटवर्थ ११८ दशमलव ०४ रुपैयाँ र तरलता अनुपात ३ दशमलव ५५ प्रतिशत रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया