aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सडकका खाल्डाखुुल्डी पुुर्न स्थानीयवासी आफैँ जुुटे

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शनिबार, १७ फागुन २०७६
सडकका खाल्डाखुुल्डी पुुर्न स्थानीयवासी आफैँ जुुटे

काठमाडौं । सम्बन्धित नियकाले ध्यान नदिएपछि वीरेन्द्रनगरका सडकका खाल्डाखुुल्डी पुुर्न स्थानीयवासी आफैँ जुुटेका छन् । वीरेन्द्रनगर नगरपालिकाका–१३ स्थित इन्द्रपुुरका स्थानीयवासीले आफैँ नै खाल्डाखुुल्डी पुर्न थालेका हुन् ।

उनीहरूले आफ्नो गाउँमा रहेका करिब तीन किलोमिटर सडकमा खाल्डाखुल्डी पुर्नुका साथै ढुङ्गा हालेका छन् । मदन भण्डारी राजमार्गको धुुलियाबिटदेखि रामचोकसम्मको करिब तीन किलोमिटर सडकका खाल्डाखुुल्डी पुरिएको छ ।

गाउँमा खाल्डाखुुल्डी भएर बिरामी लिन एम्बुुलेन्ससमेत जान नसकेपछि स्थानीयवासीले आफैँ खाल्डाखुुल्डी पुर्न थालेको बताएका छन् ।स्थानीय युुवा कविनाथ योगीको अगुवाइमा स्थानीयवासीले सडकका खाल्डाखुुल्डी पुर्ने काम गरेका हुुन् । योगीले आफ्नो खर्चमा करिब ३४ टिपर ढुङ्गा, माटो ल्याएर सडकका खाल्डा पुरेको बताए ।


दुुई फिटसम्म खाल्डो हुँदा पनि सम्बन्धित निकायले ध्यान नदिएपछि स्थानीयवासीले सडकका खाल्डा पुुर्नु परेको बताउँछन् । स्थानीय कलबहादुर खाँण ठकुरीले सडकमा नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि हिँडे पनि बेवास्ता गरेको बताए । सो सडकमा ढुङ्गा, गिटी र बालुवा लिन दैनिक एक सय बढी गाडी आउजाउ गर्छन् ।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुुख मोहनमाया ढकालले सडकका खाल्डाखुल्डी प्राथमिकताको आधारमा पुुरिने बताउँदै समस्या भएको ठाउँमा नगरपालिकामा खबर आएपछि पुुर्ने काम गरिँदै आएको बताए ।

प्रतिक्रिया दिनुहोस