aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

कोरोना त्रास : धन कमाउन गएका नेपाली स्वदेश फर्कन थाले

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • सोमबार, १९ फागुन २०७६
कोरोना त्रास : धन कमाउन गएका नेपाली स्वदेश फर्कन थाले

काठमाडौं । श्रम गन्तव्यमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि त्यहाँ कार्यरत कतिपय नेपाली स्वदेश फर्कन थालेका छन् ।

कोरिया, जापान, कतार र यूयईलगायत श्रम गन्तव्यमा संक्रमणदर बढ्न थालेपछि त्यहाँ कार्यरत नेपाली फर्कन थालेका हुन् । 

कतिपय संक्रमित देशले अध्यागमन क्षेत्रबाटै कतिपय नेपालीलाई फर्काएका छन् । 

संक्रमित देशबाट नेपाल फर्कने क्रम बढेसँगै नेपाल सरकारले पनि केही श्रम गन्तव्य जान रोक लगाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस