aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

व्यवसायीक गाँजा खेती खुलाउन संसदमा विधेयक दर्ता

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • मंगलबार, २० फागुन २०७६
व्यवसायीक गाँजा खेती खुलाउन संसदमा विधेयक दर्ता

काठमाडौं । व्यवसायीक गाँजा खेती खुलाउने विधेयक संघीय संसदमा दर्ता भएको छ। सत्तारुढ नेकपाका सांसद शेरबहादुर तामाङले सोमबार प्रतिनिधिसभामा ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दर्ता गराएका हुन्।

यो विधेयक गैरसरकारी कोटाबाट दर्ता भएको हो। औषधि तयार पार्न, वैज्ञानिक अनुसन्धान तथा यस्तै अन्य व्यावसायिक तथा औद्योगिक प्रयोजनका लागिसमेत गुणस्तरीय गाँजा उपलब्ध गराउन, नेपालमा गाँजा खेतीलाई खुला गर्न तथा यसका माध्यमबाट कृषकको आर्थिकस्तर बढाउन गाँजा खेतीलाई नियमन तथा व्यवस्थित गर्ने उद्देश्यले विधेयक ल्याइएको हो। 

‘गाँजा खेती गरेर यसलाई विदेशमा बेच्न सकियो भने नेपालको बजेट ६० खर्बसम्म हुने अनुमान गरेका छौं,’ सांसद तामाङले भने, ‘गाँजा खेती नेपाललाई प्रकृतिले दिएको उपहार हो, त्यसैले यसलाई हामीले सदुपयोग गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस