aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सर्लाहीमा कक्षा ८ का विद्यार्थीले ड्रोन बनाएर उडाएपछि सबै चकित

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • मंगलबार, २० फागुन २०७६
सर्लाहीमा कक्षा ८ का विद्यार्थीले ड्रोन बनाएर उडाएपछि सबै चकित

काठमाडौं । सर्लाहीको लालबन्दीमा कक्षा ८ मा अध्ययरत एक विद्यार्थीले ड्रोन बनाएर उडाएका छन्।

लालबन्दी नगरपालिका ६ का अनिल मैनालीले ड्रोन निर्माण गरी सफलतापूर्वक उडाएका हुन्। मैनाली लालबन्दी नगरपालिका ५ स्थित एभरेस्ट आवासीय विद्यालयमा अध्ययरत छन्।

विद्यालयमा आयोजित विज्ञान प्रदर्शनी मेलामा मैनालीले ड्रोन उडाएर सबैलाई चकित पारेका थिए ।

ड्रोन बनाउन आवश्यक विभिन्न किसिमका औजार र र(मेट्रियल काठमाडौंलगायत ठाउँबाट ल्याएर जुटाएँ, विज्ञान प्रदर्शनीमा मैनालीले भने, मेरा अभिभावक, गुरु सबैले सहयोग गर्दा ड्रोन बनाउन सफल भएको हुँ।

आफूले आगामी दिनमा अझै प्रविधि र विज्ञान क्षेत्रमा नयाँ नयाँ काम गर्ने सोच बनाएको उनले बताए।

प्रतिक्रिया दिनुहोस