aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

कोरोना प्रभावित देशमा कामदार पठाउन रोक्ने तयारी

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • बुधबार, २१ फागुन २०७६
कोरोना प्रभावित देशमा कामदार पठाउन रोक्ने तयारी

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वव्यापी बनेसँगै प्रभावित देशहरूमा नेपाली कामदार पठाउन रोक लगाउने तयारीमा सरकार लागेको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोना प्रभावित देशहरू चीन, जापान, दक्षिण कोरिया, इरान, इटली, कुवेत, ओमानलगायत देशमा तत्काल आफ्ना कामदार पठाउन रोक्नेबारे परराष्ट्र मन्त्रालयसँग छलफल थालेको हो । 

श्रममन्त्री रामेश्वर राय यादवले विश्वभर फैलिएको कोरोना संक्रमणलाई दृष्टिगत गर्दै अति प्रभावित मुलुकहरूमा जाने कामदारका हकमा तत्कालका लागि श्रमस्वीकृति स्थगन गर्नेबारे छलफल शुरू गरिएको बताए । ‘प्रभावित देशहरूमा कामदार पठाउन स्थगन गर्नेबारे परराष्ट्र मन्त्रालयसँग आज (मंगलवार) छलफल भएको छ, तर निर्णयमा पुगेका छैनौं,’ उनले आर्थिक अभियानसँग भने ।

मन्त्री यादवका अनुसार अत्यावश्यकबाहेक अन्य कामका लागि विदेश नजान सरकारले आग्रह गरिसकेको अवस्थामा संक्रमणको जोखिम रहेका मुलुकमा कामदार पठाएर सरकार जोखिम झेल्न चाहँदैन । ‘हामीले कामदार पठाए बीचबाटै श्रमिक फर्किने अवस्था आउने देखियो, त्यसैले नीतिगत निर्णय लिन छलफल अघि बढाएका हौंं,’ उनले भने । 

मन्त्रालयका अनुसार दक्षिण कोरियामा कोरोनाको संक्रमण पैmलिएपछि त्यहाँ नेपाली कामदार जान सकेका छैनन् । दक्षिण कोरियाका बारेमा सरकारले कुनै निर्णय लिएको छैन । तर, कामदार पठाउने तालिका भने सार्ने तयारी भइरहेको मन्त्री यादवले बताए । 

कोरियामा विभिन्न काम तथा पेशामा झन्डै ४० हजारको हाराहारीमा नेपाली संलग्न छन् । त्यस्तै मध्यपूर्वी मुलुकमा झन्डै १० लाख नेपाली कार्यरत रहेको सरकारको तथ्यांक छ । विश्वभर कोरोनाको त्रास बढ्न थालेपछि बहराइन जान लागेका ३० नेपालीलाई केही दिनअघि संयुक्त अरब इमिरेट्सको दुबईबाट त्यहाँका अध्यागमन अधिकारीले फर्काएका थिए । 

कोरोना प्रभावित मुलुकहरूले विदेशी कामदार लिन आपैm अस्वीकार गरेकाले तत्काल कामदार पठाउने अवस्था नरहेको श्रम मन्त्रालयका सहसचिव सुमन 
घिमिरेले बताउँछन् । 

प्रतिक्रिया दिनुहोस