काठमाडौं । काठमाडौंको लैनचौरमा रहेको शान्ति विद्यागृह माविमा कार्यरत शिक्षक दीपकबाबु अर्यालविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र रहेको भन्दै मुद्दा दायर भएको छ।
उनले मगध विश्वविद्यलाय बिहार भारतबाट बीएससी उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र पेस गरी २० वर्षदेखि जागिर खाइरहेका थिए।
यसैगरी नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक उत्तम कार्कीको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र फेला परेको छ। उनले मगध विश्वविद्यालय बोधगया भारतबाट बीकमको नक्कली प्रमाणपत्र पेस गरी बढुवा लिएको पुष्टि भएको छ।
प्रतिक्रिया दिनुहोस