aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

जापानले स्वीकारेन नेपाली सेनाको बिष्फोटक पदार्थ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २४ फागुन २०७६
जापानले स्वीकारेन नेपाली सेनाको बिष्फोटक पदार्थ

जापानी ठेकेदार हाजमा एन्डो कर्पोरेसनले नागढुंगा सुरुङ निर्माण आयोजनामा नेपाली सेनाद्वारा उत्पादित विस्फोटक पदार्थ प्रयोग गर्न अस्वीकार गरेको छ । 

सेनाले आफूले उत्पादन गरेको मात्र प्रयोग गर्न दिने र विदेशी विस्फोटक पदार्थ आयातलाई सहमति नदिने अडान राखेपछि हाजमाले बुधवार सडक विभागलाई पत्र पठाई यस्तो जानकारी दिएको हो । 

विस्फोटक पदार्थ आयातमा सेनाले असहमति जनाउपछि आयोजना प्रभावित हुने भन्दै हाजमाले सडक विभाग लगायत परामर्शदातालाई पत्र लेखी सेनाले उत्पादन गरेको विस्फोटक पदार्थ प्रयोग गर्न नसकिने अडान राखेको छ । यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस