aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

काठमाडौंमा स्वचालित वाटर एटीएम राखिँदै, २ रुपैयाँमा एक कप पानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ फागुन २०७६
काठमाडौंमा स्वचालित वाटर एटीएम राखिँदै, २ रुपैयाँमा एक कप पानी

काठमाडौं । राजधानीको ६ स्थानमा अत्याधुनिक वाटर एटीएम राखिने भएको छ । राजधानीमा पार्क घुम्न आउने बटुवालाई स्वच्छ पानी खुवाउने अभियानसहित काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले ती स्थानमा वाटर एटीएम जडान गर्न लागेको हो ।

अबको करिब एक महिनाभित्र ती सबै स्थानमा वाटर एटीएम जडान भइसक्ने काठमाडौं महानगरपालिका शहरी योजना आयोगले जनाएको छ । 

२ सय मिलिलिटर कपमा प्रतिकप दुई रुपैयाँ लिने व्यवस्था भएको एटीएममा रकम सटही गर्नेसमेतको प्रविधि जडान गरिएको छ । दुई रुपैयाँको क्वाइन नभएको अवस्थामा एटीएम मेसिनमा नोट छिराएपछि दुई रुपैयाँ काटेर एटीएमबाट रकम फिर्ता लिने व्यवस्था गरिएको छ । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस