aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

बिदामा ग्याँस आयात गरिने, साल्ट ट्रेडिङसँग १० महिनालाई पुग्ने मौज्दात

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ फागुन २०७६
बिदामा ग्याँस आयात गरिने, साल्ट ट्रेडिङसँग १० महिनालाई पुग्ने मौज्दात

काठमाडौं । अहिले कोरोना भाइरसको जोखिमले राजधानीलगायत मुलुकभरका उपभोक्ता रित्तो सिलिन्डर भर्न लाइनमा बस्न थालेपछि नेपाल आयल निगमले होलीको बिदामा पनि ग्याँस आयात गर्ने भएको छ । 

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले काठमाडौं उपत्यकालगायतमा उपभोक्ताको मागलाई पूरा गरी उपभोक्तामा रहेको आवश्यक बेलामा नपाइनसक्ने त्रास चिर्न होलीको बिदाको दिन पनि ग्याँस आयात गर्न लागिएको हो । 

अहिलेको बजारमा देखिएको कृत्रिम अभाव चिर्नकै लागि सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसनले पनि नुनलगायत अत्यावश्यक बस्तु आगामी १० महिनासम्म पुग्ने प्रयाप्त मौज्दात रहेको बताएको छ । आजको राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस