aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

कर्मचारी अभावका कारण अनिश्चित बन्दै रेल सेवा, भेटिएनन् रेल चलाउने कर्मचारी

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • बुधबार, २८ फागुन २०७६
कर्मचारी अभावका कारण अनिश्चित बन्दै रेल सेवा, भेटिएनन् रेल चलाउने कर्मचारी

काठमाडौं । बहुप्रतीक्षित जयनगर–जनकपुर रेल सेवा सञ्चालन अनिश्चित बन्दै गएको छ । 

रेल्वे कम्पनीद्वारा कर्मचारी भर्नाका लागि आवेदन माग गरिएकोमा एक जनाले पनि निवेदन नदिँदा उक्त रेल सेवा सञ्चालन अनिश्चित बन्दै गएको हो ।

उक्त रेल सेवा सञ्चालनका लागि रेल्वे कम्पनीले रेल सेवासँग सम्बन्धित २६ जना कर्मचारी करारमा भर्ना गर्न १५ दिनको म्यादसहित फागुन ९ गते आवेदन माग गरेको थियो । आवेदनको अन्तिम म्यादसम्म एक जनाले पनि निवेदन रेल्वे कम्पनीमा प्राप्त हुन नसकेको रेल विभागले जनाएको छ । 

विभागका महानिर्देशक बलराम मिश्रले जयनगर–जनकपुर रेल सेवा सञ्चालनका लागि शुरूमा २६ जना प्राविधिक कर्मचारी करारमा भर्नाका लागि आवेदन माग गरिएकोमा विज्ञापनको अन्तिम मितिसम्म एउटा निवेदन प्राप्त हुन नसकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस