aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

आयोडिनयुक्त नुनको मौज्दात पर्याप्त

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • बुधबार, २८ फागुन २०७६
आयोडिनयुक्त नुनको मौज्दात पर्याप्त

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आयोडिनयुक्त नुन अभाव नहुने बताएको छ ।

नुन बिक्री वितरणको जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेसनले जस्तोकुकै विपत आइपरे पनि नुनको अभाव नहुने प्रस्त पारेको छ ।

भूकम्प, नाकाबन्दीमा समेत नुनको अभाव हुन नदिएको र अहिले पनि दस महिनालाई पुग्ने नुन रहेको भन्दै साल्ट ट्रेडिङले तोकिएकै मूल्यमा नेपाल भर पाउन सकिने जनाएको छ । 

साल्ट ट्रेडिङ कर्पोरेसनले करिब एक लाख ३२ हजार टन आयोडिनयुक्त नुन गोदाममा, २२  टन  मार्गमा गरी एकलाख ५५ हजार टन नुन मौज्दात रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस