aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नयाँ सिलिन्डर बिक्री नगर्न आग्रह

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • बुधबार, २८ फागुन २०७६
नयाँ सिलिन्डर बिक्री नगर्न आग्रह

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति सचिव बैकुण्ठ अर्यालले खाना पकाउने ग्यासको नयाँ सिलिन्डर बिक्री नगर्न व्यवसायीहरुसँग आग्रह गरेका छन् । बजारमा ग्यासको कृत्रिम अभाव गराएर पुराना सिलिन्डर नसाट्ने र नयाँ सिलिन्डरमात्र बिक्री गर्ने गरेको गुनासो आएपछि नयाँ सिलिन्डर बिक्री नगर्न आग्रह गरिएको हो ।

कोरोना भाइरसको त्रासले गर्दा बजारमा ग्यासको अभाव हुन सक्ने भन्दै उपभोक्ताले ग्यास भर्न थालेपछि बजारमा सामान्य अभाव देखिएको छ । व्यवसायीले पुराना सिलिन्डर नसाट्ने र नयाँ  सिलिन्डर बिक्री गर्न थालेपछि आपुर्ति सचिव अर्यालले उद्योगी व्यवसायीलाई नयाँ सिलिन्डर बिक्री नगर्न निर्देशन दिएका हुन् ।

एकै परिवारले धेरै सिलिन्डर मौज्दातमा राख्न खोज्दा अभाव हुने देखिएको भन्दै सचिव अर्यालले नयाँ सिलिन्डर बिक्री वितरण रोक्न उद्योगीहरुलाई आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस