aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नविल बैंकले गैरकानुनी तरिकाले ऋणीको रकम काट्ने !

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • विहीबार, २९ फागुन २०७६
नविल बैंकले गैरकानुनी तरिकाले ऋणीको रकम काट्ने !

काठमाडौं । नबिल बैंकले ऋणीबाट रकम असुली गर्दा ‘गैरकानुनी अभ्यास‘ गर्दै आएको तथ्य फेला परेको छ। वाणिज्य बैंकका रुपमा रहेको नबिलले ऋणीबाट ऋण असुल गर्दा अपनाउनुपर्ने नेपाल राष्ट्रबैंकका नियम र मापदण्डसमेत उल्लंघन गर्दै आएको छ।

ऋणीका अनुसार राष्ट्रबैंकको निर्देशिकाविपरीत नबिल बैंकले सम्बन्धित ऋणीको खाताबाट रकम काट्ने गरेको छ। बैंकले आफूले लिएको ऋण विभिन्न कारणले भाकामा तिर्न नसक्ने ऋणीको कोर बैंकिङ सफ्टवेयर (सिबिएस) बाट बैंक खाता विवरण अफलाइन हासिल गरी रकम घटाउने गरेको हो।

अफलाइन खाता विवरण हासिल गरेपछि ऋण असुली गर्ने विद्यमान मापदण्डविपरीत बैंक कर्मचारीहरूले सम्बन्धित व्यक्तिको रकम उसको खाताबाट काट्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस