काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकामा पार्किङको समस्या विकराल बन्दै गएको छ । अस्तव्यस्त र अव्यवस्थित पार्किङकै कारण उपत्यकामा ट्राफिक जाम बढिरहेको पाइन्छ भने फुटपाथमा समेत पार्किङ गरिँदा सर्वसाधरणले अनावश्यक हैरान पाइरहेका छन् ।
अस्तव्यस्त पार्किङको समस्या देखेका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर कसरी व्यवस्थित गर्न सकिन्छ भनेर लागिपरेका छन् ।राज्यमन्त्री मानन्धरले उपत्यकाका नदी किनारका कोरिडोर सडकको खाली स्थान पहिचान गरेर पार्किङ व्यवस्थापन थालिएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस