aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

भट्टीबाट उत्पादित मदिरा सेवन गर्दा ५ जनाको ज्यान गयो

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • शनिबार, ०१ चैत्र २०७६
भट्टीबाट उत्पादित मदिरा सेवन गर्दा ५ जनाको ज्यान गयो

धनुषा । विषाक्त मदिरा सेवनले धनुषामा पाँचजनाको मृत्यु भएको छ । क्षिरेश्वरनाथ नगरपालिका–२ रमदैयास्थित भट्टीबाट उत्पादित मदिरा सेवन गरेका सोही टोलका पाँच जनाको मृत्यु भएको र चार जनाको गम्भीर अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा वर्ष २९ का ब्रह्मदेव यादव, वर्ष ४० का विला मण्डल, रामनारायण महरा, वर्ष ६५ का गुदरी महरा र वर्ष ३५ का राजु महरा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार जानकी मेडिलक शिक्षण अस्पतालमा बिहीबार र्दुइ जना र शुक्रबार दुईजनाको उपचारको क्रममा र एकजनाको घरमै मृत्यु भएको हो ।

मदिरा सेवनपछि गम्भीर बिरामी परेका चारजनाको उपचार भइरहेको छ ।  चिकित्सकड डा .शरद यादवले मिथाइल अल्कोहल सेवन गरेका कारण यस्तो अवस्था आएको बताए ।

प्रतिक्रिया दिनुहोस