aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

कोरोनाबारे सार्क राष्ट्र प्रमुखको भिडियो सम्मेलन हुने, प्रम ओलीले सम्बोधन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ चैत्र २०७६
कोरोनाबारे सार्क राष्ट्र प्रमुखको भिडियो सम्मेलन हुने, प्रम ओलीले सम्बोधन गर्ने

काठमाडौँ । विश्वव्यापी महामारीका रूपमा फैलिंदै गएको कोरोना भाइरस (कोभिड–१९) सँग लड्न आवश्यक रणनीति तयार गर्न सार्क राष्ट्रले आइतवार भिडियो सम्मेलन गर्ने भएको छ । 

कोरोना भाइरसविरुद्ध प्रतिकार गर्न सार्क सदस्य राष्ट्रले भिडियो सम्मेलनमार्फत समाधानको उपाय खोज्नेछन् । सार्क सचिवालयका अनुसार आइतवार साँझ ५ः१५ बजे सिंहदरबारमा सार्क भिडियो कन्फ्रेन्स गर्न लागिएको हो । जहाँ सार्क राष्ट्र प्रमुख भिडियो सम्मेलनमा लाइभ प्रस्तुत भएर आफ्ना अनुभव र समाधानका उपायका बारेमा गम्भीर छलफल गर्नुहुनेछ । 

भिडियो कन्फ्रेन्समा उठान हुने मुख्य विषय कोरोना भाइरस नै रहेको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले पुष्टि गरे । गोरखापत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस