aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

फेरि ब्युँताउन सम्भव होला काठमाडौं–हेटौंडा रोपवे ?

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • सोमबार, ०३ चैत्र २०७६

काठमाडौं । बाग्मती प्रदेश सरकारले दुई दशकदेखि बन्द भएको काठमाडौं–हेटौंडा रोपवे फेरि ब्युँताउने प्रयास गरेको छ । बाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले १८ वर्षदेखि ठप्प रहेको काठमाडौं–हेटौंडा रोपवे फेरि सञ्चालन गर्ने योजना बनाएको छ ।

प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयालले पर्यटन र आर्थिक दृष्टिकोणबाट उपयुक्त देखिएको खण्डमा उक्त रोपवे फेरि सञ्चालन गर्ने योजनामा रहेको बताए । 

‘पर्यटकीय र आर्थिक हिसाबले  काठमाडौं–हेटौंडा रोपवे सम्भव छ कि छैन भनेर अहिले सम्भाव्यता अध्ययन गरिरहेका छौं,’ मन्त्री फुयालले नागरिकसँग भने, ‘सम्भाव्यता अध्ययनले उपयुक्त देखिए मात्रै रोपवे सञ्चालन गर्ने योजनामा छौं ।’ 

प्रतिक्रिया दिनुहोस