aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हेडवर्क्सको परीक्षण शुरु

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • मंगलबार, ०४ चैत्र २०७६

काठमाडौं । बहुचर्चित ४५६ मेघावाटको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हेडवर्क्सको परीक्षण शुरु गरिएको छ । सोमवारबाट आयोजनाको हेडवर्क्सको परीक्षण  शुरु गरिएको हो ।

सोमवार ९ः३० बजेबाट जलासयमा पानी जम्मा गर्न शुरु गरिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिए । आयोजनाको हेडवर्क्सको परीक्षण अन्तर्गत बाँध, मुहान, गेट र डिसेन्डर बेसिन ९बालुवा थिग्राउने पोखरी० मा पानी भरेर परीक्षण गरिने छ ।  

हेडवर्क्सपरीक्षणका लागि तामाकोशी नदीमा एक तिहाई पानी छोडी बाँकी पानी ड्याममा  जम्मा गर्न शुरु गरिएको प्रवक्ता न्यौपानेको भनाई छ । आयोजनाको बाँध २२ मिटर अग्लो तथा ६० मिटर लामो रहेको छ ।


हेडवर्क्सका संरचनाहरुको परीक्षण चैत २२ गतेसम्म जारी रहने छ ।

प्रतिक्रिया दिनुहोस