aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नेपालमै बन्यो स्यानिटाइजर

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • बुधबार, ०५ चैत्र २०७६
नेपालमै बन्यो स्यानिटाइजर

काठमाडौं । नेपाली जडीबुटी रोग प्रतिरोधात्मक क्षमतासहितको स्यानिटाइजर नेपालमै बनेको छ । वनस्पति विभागले जडीबुटीयुक्त स्यानिटाइजरको फर्मुलासँगै स्यानिटाइजर बनाएर बनाएर परीक्षण प्रयोग गरेको छ । 

यतिबेला कोरोना भाइरस ९कोभिड–१९० बाट बच्न उपयोग गरिने अत्यावश्यक सामाग्री मास्क र स्यानिटाइजरको अभाव नेपाली बजारमा देखिएको छ ।

विदेशबाट आयात हुने पनि आइरहेका छैनन् । भएका सामाग्री पनि कालोबजारी गर्नेले लुकाउने र महंगोमा बिक्री गरिरहेका छन् ।

यही बेला अत्यावश्यक सामाग्रीमा आत्मनिर्भर बन्न वनस्पति विभागले स्यानिटाइजरको फर्मुलासहित यसको सफल प्रयोग गरेको हो । 

प्रतिक्रिया दिनुहोस