aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

विहे मण्डपबाटै किन भागे बेहुला ?

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • बुधबार, ०५ चैत्र २०७६
विहे मण्डपबाटै किन भागे बेहुला ?

काठमाडौं । विवाह गर्न आएका दुलहा सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट रित्तै हात फर्केका छन् । गाउँपालिका ५ लोखरमकी मालतीकुमारी सदासँग बोदेबसाईन नगरपालिका ५, सिलहटका श्रवणसदाबीच फागुन २९ गते भइरहेको विवाह बेहुली कोलो वर्णको भएको भन्दै विवाह स्थगित गरी रित्तै फर्किएको घटना सार्वजनिक भएको छ । 

स्वयम्बर भएपछि श्रवणले एक्कासि केटी मन नपरेकाले विवाह नगर्नेभन्दै मण्डपबाटै उठेर भागेपछि विवाह स्थगित भएको स्थानीय जयप्रकाश ठाकुरले बताए । 

दुवै पक्षका अभिभावकले एकअर्काको घर गई श्रवण र मालतीलाई हेरेर विवाहको कुरा छिनेका थिए । श्रवणले भने बुवा शम्भुले मन पराएको युवतीसँगै विवाह गर्ने भनी मलातीको फोटोमात्र हेरेका थिए  ।

विवाहका लागि पूर्वसहमतिअनुसार फागुन २९ गते साँझ जन्तीसहति बेहुला लोखरमस्थित बेहुलीको घर पुगे । विवाहको तयारी अनुसार बेहुली पक्षले समेत भोज खाए । जन्तीका लागि खाना पकाइएको थियो ।

बेहुलीको घरमा एक सातादेखि उनका आफन्त, नातागोता र छरछिमेकको बाक्लो उपस्थिती थियो । 

स्वयम्बरपछि जन्ती नास्ता खान थाले । बेहुलाले भने आफूले सोचेजस्तो राम्री बेहुली नभएकाले विवाह गरेर घर नभित्र्याउने बताए । 

प्रतिक्रिया दिनुहोस