काठमाडौं । कोरोना संक्रमणको बढ्दो जोखिमसँगै दक्षिणी छिमेकी भारतसँगका सम्पूर्ण खुला सीमा निश्चित समयका लागि ‘सिल गर्ने’ सहितको प्रस्ताव नेपालले भारतलाई पठाएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संक्रमणको गाम्भीर्य र त्रासदीपूर्ण स्थितिमाझ नेपाल भारत खुला सीमाबारे थप गम्भीर हुनुपर्ने बताउँदै नेपालले सीमा व्यवस्थापनबारे साझा धारणा बनाउन भारतलाई पठाएको प्रस्तावमा जवाफ आइनसकेको बताए ।
‘नेपाल र भारत दुवैतर्फ स्थिति भलनरेबल बनिसकेको छ, खुला सीमामा कडाइका साथ व्यवस्थापन र अनुगमन हुनैपर्छ, मन्त्री ज्ञवालीले भने ।
प्रतिक्रिया दिनुहोस