aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

बैदेशीक रोजगारीमा जान काटेको टिकट त्यसै खेर गयो

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • आइतबार, ०९ चैत्र २०७६
बैदेशीक रोजगारीमा जान काटेको टिकट त्यसै खेर गयो

काठमाडौं । वैदेशिक रोजगारीमा जान ठिक्क परेका युवा रोकिएपछि हवाई टिकटमा करोडौं रुपैयाँ फसेको छ । सरकारले हवाई कम्पनीलाई उड्न नपाएको रकम फिर्ता गर्न निर्देशन दिए पनि त्यो रकम कहिले फिर्ता पाउने भन्नेबारे यकिन नहुँदा उनीहरुको रकम फसेको हो ।

व्यवसायीहरुका अनुसार अन्तिम श्रम स्वीकृति लिएकामध्ये करिब १० हजारले हवाई टिकट खरिद गरेको अनुमान छ । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेले रोजगारीमा जान ठिक्क परेका बेला सरकारले श्रमस्वीकृतिमा रोक लगाएपछि हवाई टिकट लिएका युवा उड्न नपाएको बताए ।

प्रतिक्रिया दिनुहोस