aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

चैत ७ गतेसम्म परिक्षण गरिएका ५७९ मा नेगेटिभ, टेकुमा दैनिक ९ सयजना परिक्षण गर्ने क्षमता

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • आइतबार, ०९ चैत्र २०७६
चैत ७ गतेसम्म परिक्षण गरिएका ५७९ मा नेगेटिभ, टेकुमा दैनिक ९ सयजना परिक्षण गर्ने क्षमता

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग जुध्न महत्वपूर्ण कार्यक्रम अघि सारिरहँदा हालसम्म नेपालमै गरिएको परीक्षणमा कसैमा पनि कोरोना संक्रमण देखिएको छैन ।

७ चैतसम्म ५ सय ७९ जनाको कोरोना परीक्षण गएिको थियो । तीमध्ये सबैमा कोरोना नेगेटिभ नतिजा देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग ९ सय जनाको कोरोना परीक्षण गर्न सक्ने क्षमता रहेको उपकरण छ । प्रयोगशालामा हाल दैनिक ५० देखि ६० जनासम्म कोरोना परीक्षणका लागि नमुना आउने गरेको छ । तर, सबैको रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिए ।

प्रयोगशालाले ‘नेजल स्वाब’ र ‘थ्रोट स्वाब’ को नमुनाबाट परिक्षण गर्दै आएको छ । हाल २५ जनाको कोरोना परीक्षण भइरहेको छ । चीनबाट आएका एक नेपालीलाई दुई महिना अघि कोरोना पोजेटिभ देखिएको थियो । उनको रिपोर्ट हङकङ पठाइएको थियो । पुनः कोरोना परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि हालसम्म कुनै पनि नेपालीलाई कोरोना पोजेटिभ नभएको प्रयोगशालाले जनाएको छ ।

यसैबीच, चिकित्सकहरूले कोरोना भाइरस संक्रमणको जोखिम रहे पनि आत्तिइहाल्नुपर्ने अवस्था नभएको सुझाव दिएका छन् । तर, सतर्कता भने अपनाउनुपर्ने चिकित्सकको भनाइ छ । नेपालमा केन्द्रीय प्रयोगशालाका रूपमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै कोरोना परीक्षण हँुदै आएको छ ।

सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले व्यक्तिगत सरसफाइमा विशेष ख्याल गर्नुपर्ने बताए । उनले भने, ‘व्यक्तिगत सरसफाइमा विशेष ख्याल गर्नुपर्छ । सतर्कता पनि अपनाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस