aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

कोरोना भाइरस संक्रमण रोकथाम कोषमा रकम जम्मा हुने क्रम जारी

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • मंगलबार, ११ चैत्र २०७६
कोरोना भाइरस संक्रमण रोकथाम कोषमा रकम जम्मा हुने क्रम जारी

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले ५० करोडको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष स्थापना गरेसँगै विभिन्न क्षेत्रबाट रकम जम्मा हुन सुरु भएको छ।

मन्त्रिमण्डलका सदस्यले एक–एक महिनाको तलब राख्ने घोषणा गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले कोषमा सघाउन आह्वान गरेपछि उद्योगी, व्यापारी, बैंक तथा वित्तीय संस्था, सांसद, गैरआवासीय नेपाली, विभिन्न सामाजिक संघसंस्थाले सहयोग गर्न सुरु गरेका छन्। विभिन्न निकायले कोष खडा गरेर सरकारलाई सहयोग गर्न थालनी गरेका छन्।

कोरोना संक्रमण महामारीविरुद्ध लड्न, उपचारमा सघाउन, आवश्यकताअनुसार उपकरण तथा औषधियुक्त सामग्री खरिद गर्न सरकारले कोष स्थापना गरेको थियो। कोषमा ग्लोबल आइंकले एक करोड १५ लाख रुपैयाँ राख्ने भएको छ। सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर सहयोग गरेको बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले बताए।

कोषमा गैरआवासीय नेपाली संघ, ग्लोबल आइएमई ग्रुप, व्यवसायी वसन्त चौधरी, नेपाल बैंकले एक/एक करोड रुपैयाँ सघाउने घोषणा गरेका छन्। प्रधानमन्त्री राहत कोषमार्फत एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय भएको गैरआवासीय संघका महासचिव हेमराज शर्माले जनाए।

संघले विश्वभर रहेका आफ्ना शाखामार्फत कोरोनापीडित नेपालीको तथ्यांक संकलन गर्ने समेत तयारी गरेको अध्यक्षकुमार पन्तले बताए। संघले कोषाध्यक्ष महेशकुमार श्रेष्ठको संयोजकत्वमा कोरोनापीडित राहत कोष संकलन समिति, उपाध्यक्ष बद्री केसीको संयोजकत्वमा भौतिक सामग्री सहयोग संकलन उपसमिति गठन गरेको छ।

प्रतिक्रिया दिनुहोस