aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

तोकेका स्थानबाट तरकारी बिक्री गर्न मानेनन् व्यापारीले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ बैशाख २०७७
तोकेका स्थानबाट तरकारी बिक्री गर्न मानेनन् व्यापारीले

काठमाडौं । देशकै ठूलो तरकारी बजार कालीमाटीका व्यापारीले न्यूनतम सुविधा नभएको भन्दै अटेर गरेर कालीमाटीमै पुनः तरकारीको कारोबार सुरु गरेका छन् ।

यसले बजारमा भीडभाड बढेको छ । महानगरपालिकाले कालीमाटीमा भित्रिएको तरकारी थोक व्यापारीमार्फत महानगरले तोकेका बिक्री केन्द्रमा पु¥याउने प्रबन्ध मिलाउन व्यापारीलाई आग्रह ग¥यो तर व्यापारीले भने महानगरको निर्णयलाई निरन्तरता दिएनन् ।

महानगरले तरकारी बिक्रीका अस्थायी बिक्री केन्द्र कलङ्की चोक, बाफल चोक, स्वयम्भू चोक, वनस्थली चोक, गोङ्गबु चोक, वसुन्धरा चोक, गोपीकृष्ण चोक, लैनचौर, तीनकुने, कोटेश्वर र रत्नपार्कमा व्यवस्था गरेको छ । तीमध्ये कलङ्की, स्वयम्भू र वनस्थली चोकबाट गएको बिहीबारदेखि निरन्तर तरकारी बिक्री भए पनि अन्य स्थानबाट तरकारी बिक्री हुनसकेको छैन । आजको गोरखापत्र दैनिकबाट । 

प्रतिक्रिया दिनुहोस