aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

पूर्वविशिष्ट व्यक्तिको कार्यविधि विपरीतको सेवा कटौति गर्न बाटो खुल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ बैशाख २०७७
पूर्वविशिष्ट व्यक्तिको कार्यविधि विपरीतको सेवा कटौति गर्न बाटो खुल्यो

काठमाडौं । पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा सरकारी कार्यविधिविपरीत खटाइएका सुरक्षाकर्मी फिर्ता गर्ने सम्बन्धी कार्यविधि मन्त्रिपरिषद्बाट पास भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत सरकारले कार्यविधि नाघेर पूर्वविशिष्ट व्यक्तिले निजी प्रयोजनका लागि राख्दै आएका सुरक्षाकर्मी फिर्ता गर्ने गरी बनाइएको कार्यविधि पास गरेको हो ।

गृह मन्त्रालयले सो कार्यविधि एक वर्षअघि नै तयार गरेर मन्त्रिपरिषद्मा पठाएको भए पनि उच्च राजनीतिक दबाबका कारण डम्प गरिँदै आइएको थियो पछिल्लो समय गृहले पहिले पठाएको कार्यविधिमा केही संशोधन गरी नयाँ कार्यविधि मन्त्रिपरिषद्मा पठाएको थियो ।  आजको राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस