aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

गाडीमा कोचाकोच यात्रु गाउँ फर्किएकोमा प्रधानमन्त्री असन्तुष्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ बैशाख २०७७
गाडीमा कोचाकोच यात्रु गाउँ फर्किएकोमा प्रधानमन्त्री असन्तुष्ट

काठमाडौं । लकडाउनमा अलपत्र श्रमिक, मजदुर तथा विद्यार्थी गाउँ फर्किन थालेका छन् । लकडाउन लम्बिँदै गएपछि राजनीतिक पहुँचका आधारमा गाउँ फिर्ता गर्ने काम भइरहेको छ ।

मन्त्री, नेता, सांसद तथा कतिपय नगरपालिका र गाउँपालिकाको अगुवाइमा गाउँ फर्काउने क्रम चले पनि प्रधानमन्त्री केपी शर्मा ओली भने असन्तुष्ट रहेको पाइएको छ । 

सरकारले लकडाउन घोषणा गर्दा ‘जो जहाँ छ, त्यहीँ बस्न ’ निर्देशन दिएको थियो । प्रधानमन्त्री ओलीले पछिल्लोपटक ‘कसैलाई पनि उपत्यकाबाहिर जान नदिन र कसैलाई समस्या परेको भए त्यहीँ व्यवस्थापन गर्न’ निर्देशन दिएका थिए ।

सरकारको निर्देशनविपरीत धमाधम गाउँ पठाउने काम भएपछि प्रधानमन्त्री ओली असन्तुष्ट बनेका हुन् । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस