aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

अमेरिकी कच्चा तेलको गिरावटले नेपालमा असर पर्दैन: निगम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ बैशाख २०७७
अमेरिकी कच्चा तेलको गिरावटले नेपालमा असर पर्दैन: निगम

काठमाडौं । अमेरिकी कच्चा तेलको बजारमा आएको गिरावटले मूल्य ऋणात्मकमा पुगे पनि नेपालमा त्यसको असर नपर्ने नेपाल आयल निगमले जनाएको छ । बन्दाबन्दीका कारण मूल्यमा गिरावट आउनुको प्र्रमुख कारण मानिएको छ । 

निगमका अनुसार नेपालमा खाडी देशहरूबाट पेट्रोलियम पदार्थ आउने हो । इन्डियन आयल कर्पोरेसनले खाडी राष्ट्रको बजारबाट ८५ प्रतिशत कच्चा तेल लिएर भारतमा तयारी तेल बनाउँछ । नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने “अमेरिकामा आएको गिरावटले यहाँ असर गर्दैन ।

त्यहाँको तेलको क्वालिटी पनि फरक हो । हामीकहाँ गल्फबाट आउने हो तेल । अन्तर्रा्ष्ट्रिय बजारमा तेलको मूल्यमा हुने उतारचढावबारे नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको स्वचालित मूल्य कार्यान्वयनबाटै निर्धारण हुन्छ तर अमेरिकातिरको मूल्यले असर गर्दैन । ” यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस