aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

साउदीमा रहेका श्रमिकलाई सम्पर्कमा रहन आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ बैशाख २०७७
साउदीमा रहेका श्रमिकलाई सम्पर्कमा रहन आग्रह

काठमाडौं । साउदी अरेबियामा रहेका नेपाली श्रमिकलाई खानबस्न कुनै समस्या परेमा आफ्नो विवरण दूतावासमा टिपाउन रिहादस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ । 

नेपाली दूतावासले सबै नेपाली श्रमिकलाई आफ्नो यथार्थ समस्या दूतावासमा जानकारी गराउन आग्रह पनि गरेको हो । श्रमिकले भने त्यहाँको नेपाली दूतावासको फोन रिसिभ नभएको भन्दै गुनासो गदै आएका छन् । 

विगत चार वर्षदेखि साउदीमा कार्यरत पर्वतको बाच्छा स्थायी घर बताउने विमल पराजुलीले एक महिनादेखि साउदीमा काम नभएर बेखर्ची भई खानबस्नै समस्या भएर दूतावासमा फोन गरे पनि नउठेको गुनासो गरे । यो समाचार आजको गोरखापत्र दैनिकमा छ। 

प्रतिक्रिया दिनुहोस