aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

लक्षण नै नदेखि एकै नगरपालिकाका २८ जनामा पोजेटिभ

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • शनिबार, १३ बैशाख २०७७
लक्षण नै नदेखि एकै नगरपालिकाका २८ जनामा पोजेटिभ

उदयपुर ।  देशभरका कोरोना भाइरस संक्रमितमध्ये आधाभन्दा बढी एकै गाउँमा देखिएको छ । त्यो हो, त्रियुगा नगरपालिका–३ भुल्के । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक साता अवधिमा २८ जनामा कोरोना संक्रमण पुष्टि गरेपछि स्थानीयवासी त्रासमा छन् । शुक्रबारसम्म देशभर संक्रमितको संख्या ४९ छ । यीमध्ये १० जना निको भएर घर फर्किएका छन् । 

लक्षण देखापरे त संक्रमण फैलियो भन्दै उपचार गर्दा हुन्थ्यो । तर, लक्षणै नदेखिएपछि के गर्ने होला रु, स्थानीय राजन राउतले भने, ‘अहिले चुप लागेर बसौँला । लामो समयपछि संक्रमण देखापर्छ भन्ने छ । भित्रभित्रै शरीरमा फैलियो भने के गर्ने होला  । 

प्रतिक्रिया दिनुहोस