aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

लकडाउन उल्लङ्घन गर्ने एक लाख नियन्त्रणमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ बैशाख २०७७
लकडाउन उल्लङ्घन गर्ने एक लाख नियन्त्रणमा

काठमाडौँ । कोरोना महामारीको सङ्क्रमण फैलिन नदिन सुरु गरिएको लकडाउनको अवधिमा करिब एक लाख जनालाई नियन्त्रणमा लिइएको छ । चैत ११ देखि वैशाख १६ सम्म लकडाउन उल्लङ्घन गर्ने करिब एक लाख जनालाई नियन्त्रणमा लिई छाडिसकिएको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक निरजबहादुर शाहीले लकडाउनको अवधिमा अहिलेसम्म करिब एक लाख जनालाई नियन्त्रणमा लिई सम्झाई बुझाई तथा कोरोना रोग सङ्क्रमणबारे जानकारी गराई छोडिसकिएको जानकारी दिए ।

मङ्गलबार मात्र मुलुकभरि एक हजार ९७५ जना र एक हजार २४५ सवारी साधनलाई नियन्त्रणमा लिइएको जानकारी प्रहरी प्रवक्ता शाहीले दिए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले मङ्गलबार काठमाडौँ उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने एक हजार एक सय सवारी साधन र करिब एक हजार दुई सय जना व्यक्तिलाई नियन्त्रणमा लिई सम्झाई बुझाई छोडिएको छ । आजको गोरखापत्र दैनिकबाट 

प्रतिक्रिया दिनुहोस