aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

भारतीय सीमाबाट करीब २६ सय नेपाली भित्रिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ बैशाख २०७७
भारतीय सीमाबाट करीब २६ सय नेपाली भित्रिए

काठमाडौं । भारतीय सीमा नाका झुलाघाट, धारचुला र पिथौरागढ क्वारेन्टाइनमा रहेका दुई हजार ५९५ जना नेपाली स्वदेश फर्किएका छन् । नेपाल–भारत दुबै देशका सीमामा रहेका गेट खुलेर नेपालीहरु धमाधम फर्किदा भारतले भने पुलमा आईपुगेका आफ्ना नागरिकलाई भारत जान रोकेको छ ।

नेपाल सरकारको पहलमा बैतडी र दार्चुला जिल्ला प्रशासनको अगुवाईमा बैतडीको झुलाघाट नाकाबाट एकहजार दुईसय ९९ र दार्चुला नाकाबाट एकहजार दुईसय ९६ गरि कुल दुईहजार ५९५ जना नेपाली स्वदेश फर्किएदा भारतीहरु भने नाकाबाट निराश भएर नेपाल फर्किका छन् ।

विहीबार बैतडी र दार्चुलाको सीमा नाकाबाट दुई हजार पाँचसय भन्दा बढी नेपालीहरु स्वदेश फर्किरहँदा ४४ जना भारतीय नागरिक आफ्नो देश फर्किन पाएनन् । बैतडीको झुलाघाटमा १५ जना र दार्चुलामा २९ जना भारतीय आफ्नो भूमिमा टेक्न आतुर भएर सीमा पुलमा पुगेका थिए । भारत जान सीमा पुलमा पुगेका मध्ये एक जना किरियापुत्री र शिशु बोकेका महिला रहेका छन् ।

लकडाउनका बेला सीमा नाकाबाट भारत भित्रिने अनुमति नभएको भन्दै भारतीय सुरक्षाकर्मीले आफ्ना ४४ जना नागरिक नेपालतर्फ नै फिर्ता पठाएको हो । भारतको पिथौरागढ जिल्लाको बालुवाकोटका शङ्करदत्त भट्टले नेपालमा हुँदा एक महिना अघि भारतमा बुवाको निधन भयो तर, उनी किरिया गर्नसमेत घर फर्किन नपाएको भारतीय सञ्चारकर्मी सुरेन्द्र आर्याले बताएका छन् ।

लकडाउनका कारण दार्चुलामा रोकिएका भारतीय नागरिक शङ्करदत्त भट्टले धार्मीक संस्कार अनुसार बुवाको किरिया गर्न समेत भारत फर्किन नपाएको गुनासो छ । आजको गोरखापत्र दैनिकबाट 

प्रतिक्रिया दिनुहोस